Saturday, July 21, 2012

साहारा को सम्भावना

भर्खर साहारा क्लब ले बेलायत को ह्याम्पसायर लीग खेल्ने कुरा लाइ मेडिया खेलाडी र एन्फा ले खासै चासो लिएको देखिन मैले | खोइ अरु लाइ के लाग्छ यो एउटा नेपाली फूट्बल को लागी एउटा राम्रो अवसर हो फूट्बल को स्तर उकास्ने र नेपाली फूट्बल को लागि यो एउटा राम्रो मौका पनि हो | यसको प्रमुख त २ वटा फाइदा छन्

१ . त्यहाँ का  नेपाली मूल का  खेलाडी हरु नेपाल मा लीग वा नेपाली राष्ट्रिय टोली मा खेलाउन सके नेपाली फूट्बल को राम्रो नै हुने थियो |किन कि बेलायत को स्तर फूट्बल एकदम माथी छ र एकदम व्यवसायिक पनि छ |नवल गुरुङ कै उदाहरण हेर्दा ३ महिना हिमालयन शेर्पा को टीम सम्हाल्दा मध्यम स्टार को टोली लाइ बिराटनगरमा उपाधि दीलाउँन सफल भयो र यहाँ ब्रिटिश गोर्खा कप मा स्टार नेपाली खेलाडी भरिएको थ्री स्टार लाइ जित्न नी धौ धौ परेको थियो | आझै कत्ति अरु धेरै प्रतिभा हरु होलान | सब राम्रो नहोलान तर यस बाट हामी ले गुमाउन पर्ने नि केहि पनि छैन नि राम्रो ले उता मौका पाउदा, खेल देखाउदा नेपाल को नाम नै अगाडी बढ्ने हो त्यही प्रतिभा नेपाल मै पछि खेल्ने हो र नेपाली फूट्बल लाइ नै फाइदा हुने हो | बरु एन्फा ले सहारा बेलायत को कदम लाइ केहि गर्न नसके पनि अलिक अधिकारिक रुप सहारा लाइ सम्म्मान गर्न सकिन्छ | सायद यस को प्रेरणा लिएर अरु क्लब हरु बेलायत , फ्रान्स , जर्मनी ,अस्ट्रेलिया जापान वा अन्य देश बाट येस्तै प्रकार ले अगाडी आउन पहल गर्न सक्छन |

२. सहारा ले त्यहाँ लीग खेल्दा हाम्रो नेपाली खेलाडी ले त्यहाँ खेल्ने मौका पाउन सक्छन | हाम्रो खेलाडी हरु भरत खवास, रोहित चन्द , रबिन श्रेष्ठ वा भोला शिलवाल वा अन्य खेलाडी हरु एन्फा ले सानो मात्र पहल ले त्यो क्लब मा अनुबन्ध हुने मौका पाउथे | त्यहाँ को व्यवसायिकता , त्यहाँ को स्तर, त्यहाँ को माहोल हेरेरे केही सिक्ने मौका पाउथे |जसले गर्दा हाम्रा खेलाडी को स्तर बढ्नु को साथै व्यवसायिकता बारे धेरै कुरा थाहा पाउथे र अफ्नो खेल स्तर उकास्न मद्दत पुग्थ्यो | एन्फा ले केहि पहल गरोस नगरोस मा अवश्य साहारा बेलायत लाइ अनुरोध चाहि गर्नेछु कम्ति मा एकजना नेपाली खेलाडी लाइ बर्ष को २ महिना को लागि भए पनि त्यहाँ लगेर खेलाई दिनु भयो भने हाम्रो खेलाडी ले केही सिक्ने मौका पाउथे |