Monday, December 10, 2012

२८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा


जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरलाई जेल चलान गरिएको छ ।
प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला प्रशासनमा हाजिर गराएको थियो । सार्वजनिक अपराध मुद्दामा सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएको थियो । तर, धरौटी राख्ने रकम नभएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो । उनले अब एक दिनको ३० रुपैयाँ बराबरले तोकिएको धरौटी पूरा नगरेसम्म जेलमा बस्नु पर्नेछ ।
कुँवरका भिनाजु भीम भारतीले आफूहरुको आर्थिक अवस्था कमजोर भएकाले धरौटी बुझाउन नसकेको अनलाइनखबरलाई बताउनुभयो । ‘हामीसँग त्यत्रो पैसा छैन, त्यति पैसाले त महिनौंसम्म गुजारा गर्न पुग्छ ।’-भारतीले भन्नुभयो ।
यसअघि एमाओवादी अध्यक्ष प्रचण्डले कुँवरलाई माफी दिएको खबर सञ्चार माध्यममा आए  पनि प्रचण्डको माफी जिल्ला प्रशासनले थाहा पाएन ।
महाराजगन्जस्थित २ नम्बर गणमा राखिएका पदमलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोका ल्याएको केहीबेरमै सीडियो कार्यालयमा उपस्थित गराएको थियो । गणका प्रहरीले आजै बिहान पदमका भिनाजु भीम भारतीलाई फोन गरेर कपडा लिएर आउन भनेको थियो ।
कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगत्तै माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।

Sunday, September 30, 2012

फूटबल को कथा


फूटबल को कथा
फ्रेन्ड्स क्लब  र ससस्त्र बीच को आज समूह क निर्णायक खेल यस हिसाब ले कि ससस्त्र  ले जिते वा बराबरी मा ससस्त्र  अगिल्लो चरण मा पुग्थ्यो भने फ्रेन्ड्स चाही बाहिरने अवस्था मा थियो  र सो खेल को निर्णायक थियो थ्री स्टार क्लब माफ गर्नु होला तपाई हरु झुक्किनु भयो होला खेल फ्रेन्ड्स क्लब  र ससस्त्र  को थीएन  खास खेल थियो  थ्री स्टार र ससस्त्र बीच को थ्री स्टार लाइ यो खेल को नतिजा ले केहि फरक पर्दैन थियो | नतिजा स्वभाबिक थियो सब ले सोचे अनुसार बराबरी |
कथा को सुरुआत मेगराज के सी ले को राजिनामा बाट राजिनामा पस्चात के सी ले भनेका थीए क्लब ले चाहे अन्तिम खेल सम्म क्लब सम्हाल्छु भनेर , अब थ्री स्टार ले के देखेर अन्तिम मा आएर नया कोच को आवस्यकता पर्यो र २ वर्ष मा ५ उपाधि जिताउने प्रसिश्यक लाइ अन्तिम एक खेल नि खेलाउन पनि नदिने अवस्था मा आयो |
कथा को दोस्रो पंति मा खेलाडी परिवर्तन अनिल ओझा , सन्दीप राइ , र केहि बिदेशी खेलाडी लाइ नाखेलौनु ,८ दिन मा के आपत आइपर्यो र ती खेलाडी हरु लाइ नखेलाउने ,ल ठीकै छ त्यो क्लब को अफ्नो निर्णय हो कसलाई खेलाउने कसलाई नखेलाउने ,त्यही क्रम संगै सुरु हुन्छ खेल त्यहाँ मद्ये कोई लाइ लाग्दैन त्यहाँ थ्री स्टार को खेल हुदै छ भनेर , जुन थ्री स्टार नेपाल को ६ जना राष्ट्रिय खेलाडी सहित ३-४ जना ससक्त बिदेसी सहित अरु नाम चलेका खेलाडी ले सुसज्जित थीए, उनि हरु खेलेको हेर्दा कुनै कलेज स्तरीय खेल हेरेको जस्तो अनुभव हुन्थ्यो ,अनि त्यसै बीच मा नेपाल का नम्बर एक गोल किपर जसले भर्खर भारत संग खेल मा म्यान ओफ म्याच जिती १५०० डलर हात परेको थीए , उसले साधारण जस्तै गोल खाए त्यो त साधारण सि दिबिजन खेल्ने ले नि बचाऊथ्यो सायद खेल मा कुनै महत्व नभएर येस्तो भएको हो कि न , खेल को अन्तिम मा विजय गुरुङ को गोल यो कथा को सहि अन्त्य लेखिएको छ बराबरी जे होस् येस्तो कथा नेपाली फुटबल मा एकदम थोरै पल्ट लेखिएको छ , जे होस् राम्रो कथा लेखिएको छ आज को खेल मा खेल भन्दा नि कथा देखियो
 त्यस कथा मा २-३ सय दर्सक ताली बजाउन को लागि थिए, अनि १०० जति प्रहरी दर्सक को सुरश्या को लागी अनि २५-३० जना एन्फा क पधदिकारी हरु कथा को मंचन को लागि ,अनि केहि पत्रकार हरु खेल को रमिता हेर्न को लागि  दर्सक चाहि ताली बजाउदै थिए राम्रो कथा को नाटक हेर्न पाइयो भनेर |हाम्रो नेपाल मा क्लब हरु एती सक्तिसाली छन् कि एन्फा , मेडिया कोई नि बोल्दैनन चुप हुन्छन् आखिर ठुला बडा भएको क्लब को कथा जो परियो |


Friday, September 28, 2012

फूटबल सस्कृति को सुरुवात लाइ सलाम


हिजो फ्रेन्ड्स क्लब र मध्यपुर बीच भएको खेल मा धेरै पछि रंगशाला मा एउटा अनौठो र रमणीय माहोल देख्न पाइयो | मध्यपुर को १५००-२००० समर्थक को जवाफ मा फ्रेन्ड्स क्लब को पानी स्थानीय १००० जति विद्यार्थी को समुह ले फ्रेन्ड्स लाइ समर्थन गर्दे थीए | यो एकदम राम्रो सुरुआत हो , यो फूटबल दर्सक सस्कृति एक हिसाब ले हाराई सकेको अवस्था मा छ अहिले | ए दिबिजन को खेल वा अन्य राम्रो खेल हरु मा समेत ५००-६०० दर्सक पाउन मुस्किल को अवस्था छ येस्तो अवस्था मा भएको फूटबल लाइ कसरी नेपाल को सब भन्दा लोकप्रिय खेल भन्ने , हिजो को सुरुआत मानेर अब चाही केहि गर्न सकेनौ भने फूटबल सस्कृति हराएर नै जाने खतरा छ |मध्यपुर लाइ समर्थन गर्न मद्यापुर देखि १५०० मान्छे आउछ भने , एन आर ती , आर सि ती , संकटा , थ्री स्टार लाइ समर्थन गर्न किन मान्छे औदैनन त , एसको लागि एन्फा र क्लब मिलेर अहिले नै केहि गर्न नसके फूटबल मा एती धेरै लगानी गरेको बालुवा मा पानी राखेको सहर हुनेछ |

यसको निरन्तरता र बढावा दिन एन्फा र क्लब ले केहि कदम चल्नु पर्न हुन्छ |

फोटो सौजन्य : गोलनेपाल.कम 
  1.    टिकट दर सस्तो पर्ने , आहिले को अवस्था मा टिकट दर १०० रुपैया भन्दा थोरै छैन बरु ५० रुपैया गरौ न धेरै आउछन्, विद्यार्थी लाइ २५ रुपैया गरौ , खाली राक्नु भन्दा मान्छे आएर समर्थन गरेर अलिक पैसा कमाउनु राम्रो हो नि, फेरी बिधार्थी हरु नै हुन् जसको बडी फुर्सद हुने र पछि फूटबल लाइ अगाडी बढाउने बर्ग भनेको नै विद्यार्थी हुन् , बरु हरेक खेल मा ८-१० बिद्यालय हरु लाइ बोलाउने हरेक खेल मा कम्ति मा २०००,३००० विद्यार्थी भए भोलि उही विद्यार्थी ले अफ्नो आमा बुवा दाइ दिदि हरु संग आउने बातावरण बन्छ नि , जब खाली रंगशाला छ भने मान्छे भरेर खेलाडी को मनोबल बढाउने र पछि को भविस्य को लागि केहि आहिले गर्न को लागि एन्फा को खास लगानी नि पर्दैन , 
  2.  अहिले को अवस्था मा मान्छे एकदम ब्यस्त भई सकेको अवस्था छ , प्राय मान्छे लाइ खेल को बारे मा जानकारी नै हुन्न ,एन्फा ले राम्रो तरिका ले खेल हरु को लागि राम्रो बिज्ञापन गर्न सकिन्छ नि , अहिले facebook, twitter लगायत वेब तिर बाहेक विभिन्न टिवी रेडियो संग समन्वय गरि बिज्ञापन गर्ने , बिभिन्न कन्टेस्ट आयोजना गर्ने जसले गर्दा खेल प्रति मान्छे को लगाव भै राक्छ, राम्रो संग समन्वयन गर्न सकियो भने बिज्ञापन को लागि खासै पैसा लगानी गर्नु नि पर्दैन
  3.   एन्फा ले क्लब हरु संग समन्वयन गरि स्थानीय संग सस्था हरु को लागि सीजनल टिकट को ब्यबस्ता गर्ने
  4. क्लब ले स्थानीय रुप मा प्रचार गर्ने र सके सम्म दर्सक रंगशाला आउने बातावरण बनाउने, क्लब हरु वोर्ल्ड कप , euro कप चाही  ठुलो पर्दा मा देखाउने टोल भरि मान्छे जम्मा गरेर अफ्नो खेल हुदा चाहि खोइ केहि चहलपल नै हुन्न ,येस्तो अवस्था मा कसरि क्लब हरु को स्थानीय बीच चिनाउने त 

एन्फा ले बिना लगानी फूटबल लाइ अगाडी बढाउने धेरै अवसर छ र एसको लागि एउटा प्रयास मात्र खाचो छ 

क्लब हरु को नि धेरै भर पर्ने कुरा हो किन कि क्लब हरु ले त्यति लगानी गरि राखेको छ खोइ त उनि हरु को प्रतिफल जब सम्म उनि हरु व्यवसायिक हुन्न तब सम्मन प्रतिफल आउन गारो हुन्छ | त्यसैले सके सम्म दर्सक लाइ  आकर्सित गर्ने योजना  बनाउनु पर्छ जसले गर्दा क्लब को दर्सक बढ्नु को साथै क्लब को आर्थिक स्थिति मा नि टेवा पुग्न मद्दत गर्छ |
नेपाली फूटबल लाइ पुरानै अवस्था को क्रजे फर्काउन र फूटबल को स्तर लाइ बढौंन यो अन्त्यन्त जरुरि छ नत्र खेलाडी ले जति सुकै पैसा पाए पनि खेल को स्तर जहाँ को त्यही हुन्छ र क्लब धरायसी हुनेछ र फूटबल आहिले को अवस्था भन्दा तल आउने सम्भावना प्रबल छ |

Monday, September 03, 2012

नेहरु कप मा कहाँ चुक्यौ त ?


भर्खर नेहरु कप मा नेपाल को प्रदर्शन बिर्सन लायक थियो | भारत संग बराबरी बाहेक अरु केही उपलब्धि केही हासिल भएन |हामी सधै झैँ हरेक हार मा एन्फा लाइ खेलाडी लाइ दोष दिन्छौ | यो भएन त्यो भएन यस्तो  गर्न पर्ने उस्तो गर्न पर्ने| तर यो पाली मैले भिन्नै अनुभब गरे | खेलाडी मा प्रतिभा र क्षमता त छ तर खेलाडी को चयन र खेलाडी लाइ उपयोग मा केही कमजोरी हरु देखे | खेलाडी उदपादन एउटा पक्ष्य  हो भने खेलाडी लाइ सही दिशा मा मार्ग दर्सन गर्न अर्को कुरा हो |
यो पाली नेपाल को टीम छनौट मा खास धेरै नभए पनी खेल को क्रम मा चाही व्यापक परिवर्तन भएको देखे |
कोच को प्रमुख काम नै खेलाडी परिवर्तन गर्न मा ध्यान गएको देखियो | कोच को प्रमुख र एकदम साधारण जसलाई बेसिक भनौ न आफु संग भएको सब भन्दा राम्रो खेलाडी टीम लाइ उतार्नु , र नराम्रो प्रदर्शन गर्ने खेलाडी लाइ निकालेर अर्को लाइ मौका दिनु | जब सम्म राम्रो लाइ पुरस्कार र नराम्रो लाइ नराम्रो भनेर सहि दिशा दिन सकिन्न तब सम्म कहिले अगाडी बदन सकिन्न |
रितेश थापा लाइ सुरु को खेल मा उतार्नु सब भन्दा ठुलो गल्ती थियो , जब कि रितेश को प्रदर्सन यो भन्दा पहिला भएको अन्तरास्ट्रिय खेल मल्दिव्श संगै भएको ए एफ सि कप मा नै प्रदर्शन एकदम बिर्सन लायक थियो, बल माथी नियन्त्रण नै थिएन | किरण जस्तो हुदा हुदै रितेश लाइ खेलाउनु एउटा सोच्नै पर्ने बिसय थियो |बिकाश सिंह क्षेत्री ले u-22 छनौट देखी कुन चाही खेल मा राम्रो खेलेको थियो र हरेक खेल मा नेपाल को सुरु को लाइन मा , जब कि u-22 छनौट खेल मा बिकाश को प्रदर्शन त बिर्सन लायक नै थियो र यो सब ले देखेको नै हो | सागर थापा हाम्रो कप्तान कप्तान को प्रेरणादायी खेल हुन पर्ने हो हरेक खेल मा सागर को धेरै गल्ती देखियो, अहिले बेलै मा सागर ले अफ्नो खेल सुधार्न नसक्ने हो भने फिटनेस हासिल गर्न नसक्ने हो भने नेपाली फूटबल को लागी नै नोक्सान हो | दोस्रो खेल क्यामरुन संग खेल भन्दा बडी नाटक नै थियो ,अजै हाम्रो कोच खुसी नै हुनु हुन्थ्यो |जुमानु ले माल्दिब्श संग गोल हान्दै मा सुरुआती लाइन मा नै खेलौन पर्छ भन्ने नि छैन थीएन  | तेस्रो खेल भारत संग चाहि खेल धेरै राम्रो थियो | कोच को काम भनेको आफु संग उपलब्ध भएको खेलाडी मध्ये सब भन्दा राम्रो टीम लाइ छान्ने , जुन अगाडी को खेल मा चुक्नु भयो , राजु, जगजित र भोला सिलवाल नेपाल मा अहिले उपलब्ध मद्ये सब भन्दा राम्रो मध्यपंति को खेलाडी लाइ खेलाउनु र किरण को उपस्तिथी, यो  २ कुरा चाहि कोच ले राम्रो गर्नु भएको हो र अन्त्य मा त्यो खेल त्यही ४ जना खेलाडी प्रदर्शन ले नै नेपाल को इज्जत जोगियो | अन्तिम खेल मा फेरी नेपाल को लय बिग्रियो | नेपाल लाइ गुमाउनु केहि नि थीएन तर कोच ले खोइ केहि नया गर्ने कोसिस नै गर्नु भएन | सबिन्द्र लाइ २७ मिनेट मा निकाल्ने हो भने खेलाउदै नखेलाए हुन्थ्यो | केहि गुमाउनु नभए पछि किन फेरी ५ जना डिफेन्स खेल्ने एकै छिन मा परिवर्तन गर्ने हो भने | भरत खवास को सुरु को ३ खेल मा राम्रो थीएन भने किन अनिल लाइ सुरु मै मौका दिएन त ? सुजल हाम्रो सेन्ट्रल फरवार्ड लाइ किन सहि ठाउँ मा मौका दिएनन त ?

साच्चैनै भारतीय मेडिया ले भनेको जस्तै नेपाली टीम लाइ ३ थापा ले डुबाएको हो त यो पाली ??


Sunday, August 12, 2012

टीम छनौट मा मेरो विचार


आज जुन किसिम ले नेपाली राष्ट्रिय टोली को घोषणा भयो मलाई एक किसिम ले खुशी नि लागेको छ  अनिल ओझा , सुजल श्रेष्ठ , जगजित श्रेष्ठ को टीम मा फर्कनु एउटा सुखद संकेत हो त्यस्तै गरि विकेश कुटु र रुपेश श्रेष्ठ को आगमन ले एकदम उत्शाहित परेको छ | जुन किसिम ले नेपाल ले नेहरु कप मा अन्तिम समय मा खेल्ने मौका पायो एकदम एउटा नेपाली फूटबल को लागी अवसर हो | एकदम छोटो समय बीच कोच हरु को मेहेनत ले राम्रो टीम त छानियो तर के यो नेपाल मा अहिले उपलब्ध भएको खेलाडी हरु को उत्कृस्ट टोली हो त???

खेलाडी छनौट मा मलाई केही चित्त नबुजेको कुरा बारे मा चर्चा गर्न चहान्छु |

सर्वप्रथम गोलकिपर को हेरौ न किरण र रितेश त निर्विकल्प भै हाल्यो | बिकाश को अनुपस्थिति मा विकेश ले मौका पाउनु राम्रो कुरा हो एउटा युवा लाइ मौका दिने | किरण र रितेश को उपस्तिथी मा सायद विकेश ले मौका नपाउला खेल्न  | त्यस्तो हो भने बिरेन्द्र चन्द जो उ-१७ को  गोलकिपर हुन् सायद उसलाई मौका दिएको भए रितेश र किरण बीच रहेर केहि सिक्ने मौका पाउथे होलान जसले पछी को अन्तराट्रिय प्रतियोगिता मा उसको आत्मविश्वास धेरै नै बढ्ने थियो | अस्ति अन्डर -२२ मै हेरौ न बिशाल श्रेष्ठ को प्रदर्सन , उसको प्रदर्सन एकदम बिर्सन लायक नै थियो ,तर बिशाल त्यो भन्दा धेरै राम्रो खेलाडी हो उस मा आत्मविश्वास को एकदम कमी देखिन्थ्यो | यदी बिशाल लाइ साफ र ए फ सि कप मा बिकाश को ठाउँ मा राखेको  भए उसले खेल हेर्ने सिक्ने र आत्मविश्वास प्राप्त गर्न सक्थ्यो जस्तो लाग्छ , जसको कमी हामी ले अन्डर-२२ मा मज्जा ले देखियो |

डिफेन्स मा सागर, सन्दिप , रोहित, बिराज , सबिन्द्र , बिकाश सिंह जम्मा ६ जना को चयन मलाई सब भन्दा अचम्म लागेको क्षेत्र येही हो | हामी पक्कै नि कम्ति मा  ४ जना त डिफेन्स खेल्छौ होला | अझ रबिन श्रेष्ठ को अनुपस्तिथिमा डिफेन्स अलिक कम्जोर भएको छ | क्यामरुन, सिरिया ,भारत जस्तो देश संग खेल्दा कुनै नि समय मा ५ जना नि डिफेन्स खेल्न पर्ने हुन सक्छ | यदि कुनै समय मा कुनै खेलाडी घाइते , रेड कार्ड वा परिवर्तन गर्न परे त्यो बेला के गर्ने , बरु एकजना फरवार्ड थोरै राखेर एकजना डिफेन्स बढाएको भए टीम सन्तुलित हुन्थ्यो |

मध्य पंति मा जुन टीम छ त्यो नेपाल मा उपलब्ध टीम मध्ये सर्वश्रेष्ठ हो , जगजित, विजय गुरुङ , अनिल ओझा को आगमन ले पक्कै पनि टीम रणनीति बनाउन र आक्रमण को जालो बनाउन मद्दत गर्ने छ |

फोर्वार्ड मा मैले डिफेन्स को कुरा गर्दा नि भनेको थिएँ एकजना बडी भयो कि भनेर बरु १ जना थोरै फोर्वार्ड राखेर डिफेन्स थपौ भनेर | भरत निर्विकल्प भै हाल्यो, भरत को साथ सुजल श्रेष्ठ को जोडी राम्रो थियो | ३ अनुभवी फोर्वार्ड अनिल , जुमानु र सन्तोष को ठाउ मा २ जना मात्र राखे नि खास फरक पर्दैन थियो ,भरत र सुजल को उपस्थिति ले गर्दा |
कृष्ण थापा ले केहि परिवर्तन त गर्नु भएको छ तर परिवर्तन नै गर्ने हो भने किन अलिक मात्र गर्ने जति सक्छ उति गर्ने हो नि हैन र ??

Saturday, July 21, 2012

साहारा को सम्भावना

भर्खर साहारा क्लब ले बेलायत को ह्याम्पसायर लीग खेल्ने कुरा लाइ मेडिया खेलाडी र एन्फा ले खासै चासो लिएको देखिन मैले | खोइ अरु लाइ के लाग्छ यो एउटा नेपाली फूट्बल को लागी एउटा राम्रो अवसर हो फूट्बल को स्तर उकास्ने र नेपाली फूट्बल को लागि यो एउटा राम्रो मौका पनि हो | यसको प्रमुख त २ वटा फाइदा छन्

१ . त्यहाँ का  नेपाली मूल का  खेलाडी हरु नेपाल मा लीग वा नेपाली राष्ट्रिय टोली मा खेलाउन सके नेपाली फूट्बल को राम्रो नै हुने थियो |किन कि बेलायत को स्तर फूट्बल एकदम माथी छ र एकदम व्यवसायिक पनि छ |नवल गुरुङ कै उदाहरण हेर्दा ३ महिना हिमालयन शेर्पा को टीम सम्हाल्दा मध्यम स्टार को टोली लाइ बिराटनगरमा उपाधि दीलाउँन सफल भयो र यहाँ ब्रिटिश गोर्खा कप मा स्टार नेपाली खेलाडी भरिएको थ्री स्टार लाइ जित्न नी धौ धौ परेको थियो | आझै कत्ति अरु धेरै प्रतिभा हरु होलान | सब राम्रो नहोलान तर यस बाट हामी ले गुमाउन पर्ने नि केहि पनि छैन नि राम्रो ले उता मौका पाउदा, खेल देखाउदा नेपाल को नाम नै अगाडी बढ्ने हो त्यही प्रतिभा नेपाल मै पछि खेल्ने हो र नेपाली फूट्बल लाइ नै फाइदा हुने हो | बरु एन्फा ले सहारा बेलायत को कदम लाइ केहि गर्न नसके पनि अलिक अधिकारिक रुप सहारा लाइ सम्म्मान गर्न सकिन्छ | सायद यस को प्रेरणा लिएर अरु क्लब हरु बेलायत , फ्रान्स , जर्मनी ,अस्ट्रेलिया जापान वा अन्य देश बाट येस्तै प्रकार ले अगाडी आउन पहल गर्न सक्छन |

२. सहारा ले त्यहाँ लीग खेल्दा हाम्रो नेपाली खेलाडी ले त्यहाँ खेल्ने मौका पाउन सक्छन | हाम्रो खेलाडी हरु भरत खवास, रोहित चन्द , रबिन श्रेष्ठ वा भोला शिलवाल वा अन्य खेलाडी हरु एन्फा ले सानो मात्र पहल ले त्यो क्लब मा अनुबन्ध हुने मौका पाउथे | त्यहाँ को व्यवसायिकता , त्यहाँ को स्तर, त्यहाँ को माहोल हेरेरे केही सिक्ने मौका पाउथे |जसले गर्दा हाम्रा खेलाडी को स्तर बढ्नु को साथै व्यवसायिकता बारे धेरै कुरा थाहा पाउथे र अफ्नो खेल स्तर उकास्न मद्दत पुग्थ्यो | एन्फा ले केहि पहल गरोस नगरोस मा अवश्य साहारा बेलायत लाइ अनुरोध चाहि गर्नेछु कम्ति मा एकजना नेपाली खेलाडी लाइ बर्ष को २ महिना को लागि भए पनि त्यहाँ लगेर खेलाई दिनु भयो भने हाम्रो खेलाडी ले केही सिक्ने मौका पाउथे |

Monday, July 02, 2012

खोइ त व्यवसायिकता ????


नेपाली राष्ट्रिय फुटबल खेलाडीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको खडेरी बेहोरिरहेको अवस्थामा नेपालले एएफसी यु२२ एसिया कप छनोट फुटबल प्रतियोगितामा भने ६ गोल गर्‍यो। प्रतियोगितामा नेपालसहित बंगलादेश, उज्वेकिस्तान, जोर्डन र यमनको सहभागिता थियो। खेलमा बंगलादेशले दुई गोल मात्र गर्दा अंकतालिकामा शून्य अंक रह्यो। प्रतियोगितामा पाँचवटै देशले समान चार/चार खेल खेलेका थिए। चारवटै खेलमा जित हात पारेर जम्मा १३ गोल गरेको जोर्डन अंक तालिकामा १२ अंक बनाउँदै एसिया कप छनोट प्रतियोगिताको समूह बिजेता बन्यो। यस्तै अंक तालिकामा सात अंक बनाएको उज्वेकिस्तान आठ गोल गर्र्दै समूहको उपविजेता बन्यो। 
अंक तालिकामा सात अंक बनाएको यमन भने गोल संख्या सात बनाउँदै समूह चरणबाट बाहिरियो। यसका साथै नेपाल र बंगलादेश पनि छनोट चरणबाट बाहिरिए। जोर्डनका राष्ट्रिय टिम प्रशिक्षक डाइयन सालेह नेपाली फुटबल खेलाडी सुरुदेखि अन्त्यसम्म एकै किसिमको तीव्रता नभएका कारण फुटबलमा पछि परेको बताए। प्रशिक्षक सालेहले भनेहाम्रा खेलाडीको सुरुदेखि अन्त्यसम्म एकै अनुपातको कुदाइ हुन्छ भने नेपाली खेलाडी मैदानमा प्रवेश गर्दा धेरै कुद्ने र पछि थाक्दै गएपछि थोरै गतिमा कुद्ने गर्छन्। नेपाली यु२२ राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान भरत खवास नेपाली खेलाडीलाई उचित मात्रामा तालिमको अभाव भएकाले खेल आफ्नो पक्षमा पार्न नसकिएको बताउँछन्। खवास भन्छन्– 'विदेशी खेलाडीको तुलनामा हामीलाई तालिमको निकै खाँचो परेको छ।' विदेशी खेलाडीलाई वर्षैभरि तालिम प्रदान गरिन्छ भने नेपाली खेलाडीले प्रतियोगिता सुरु हुने केही दिन पहिलेदेखि मात्र तालिमको अवसर पाउछन्।



 यी माथि का  पंति weeklynepal बाट साभार गरिएका हुन्

 नेपाली फूट्बल अहिले को अवस्था मा खेलाडी हरु खेलेर बाच्न  सक्ने अवस्था मा पुगेका  छन् | राष्ट्रियस्तर का खेलाडी ले महिना को २५ हजार माथी नै कमाउछन् | त्यो भनेको नेपाल को स्तर मा भन्नु पर्दा एउटा प्रथम श्रेणी को सरकारी कर्मचारी को मासिक आम्दानी हो | त्यो कमाइ सम्पूर्ण सुबिधा बाहेक का हुन्  | जे होस् खेलेर बाच्न सक्ने स्तिथी मा छ फूट्बल खेलाडी चाही |नत्र साधारण नेपाली को प्रति व्यक्ति आम्दानी जम्मा बार्षिक ५० हजार नि छैन जब कि खेलाडी को त्यो २ महिना को कमाइ हो |

हुन् त हामी देश मा खेलाडी ले राम्रो प्रदर्सन गरेन भने सधै एन्फा लाइ दोष दिन्छौ | खेलाडी को छान्नु मा धादली, खेलाडी लाइ सुबिधा दिएन , यो भएन त्यो भएन |

तर  कहिले खेलाडी लाइ उसले के गरि राखेको छ , खेल नहुदा उसको जीवनचर्या के छ भनेर कहिले हामी ले चासो लिएको छौ त ??अहिले सागर थापा , भोला सिलवाल, राजु तामांग ,भारत खवास, सन्तोष साहुखल वा अन्य खेलाडी के गर्दै छन् भनेर कोइ लाइ थाहा छ त | न अहिले कुनै राष्ट्रिय टोली को ट्रेनिङ छ न कुनै क्लब को ट्रेनिङ छ |मलाई जहाँ सम्म लाग्छ उनि हरु सायद ट्रेनिङ गर्दै होलान अफ्नो कमजोरी हटाउने कोसिस गर्दै होलान  |  अस्ति उ-२२ संग खेल्दा राष्ट्रिय टोली को खेल हेर्दा वा गोर्खा कप को खेल हरु हेर्दा नै स्पस्ट रुप मा एउटा कुरा  देखिन्थ्यो त्यो हो  खेलाडी मा फिटनेसको कमी | र गोर्खा कप को दौरान ३-४ जना कोच ले त स्पस्ट रुपमै फिटनेस भएन भनेर कुरा उठाउनु भएको छ |खेल हुने २-४ हप्ता अगाडी ट्रेनिङ गरेर फिटनेस हासिल गर्न सकिन्छ र | ल ठीकै छ क्लब को ट्रेनिङ छैन भने आफु लाइ सहि स्वरूप मा राक्ने जिम्मेबारी व्यवासैयिक खेलाडी को हैन र ? कि जब क्लब ले ट्रेनिङ मा बोलाउछ र ट्रेनिङ गर्ने नत्र सधै यता उता मा नै बिताउने | अहिले फुर्सद को समय मा खेलाडी हरु अफ्नो कमजोरी हटाउन कोसिस गर्ने अफ्नो फिटनेस लाइ सहि स्वरुप मा राक्ने | यदि खेलाडी हरु यी कुरा हरु भन्दा टाडा छन् भने ती खेलाडी हरु ब्यबसायिक चाहि पक्कै हैनन | यदि नेपाली फूट्बल को स्तर बढाउनु छ भने सब भन्दा महत्वपूर्ण कुरा यो पनि हो | जति युवा फूट्बल परियोजना खेलाडी उदपादन गर्न जरुरी छ उती नै भएको खेलाडी बाट राम्रो नतिजा को लागी प्रयास गर्नु जरुरी छ | यस को लागि खेलाडी को प्रयास एकदम जरुरी छ | किन कि ती खेलाडी हरु भविस्य को खेलाडी को लागि आदर्श हुन् | उनि हरु ले जे गर्यो पछि का खेलाडी ले नि त्यही सिको गर्ने हुन् |
यदि नेपाली फूट्बल साच्चैनै नै स्तर बढाउने हो भने खेलाडी मा व्यवसायिकता चाहि जरुरि छ | नत्र मोउरिनोहो, वेन्गेर ,फेर्गुसन नै आए नि केही हुने वाला छैन जब सम्म खेलाडी ले अफ्नो कमजोरी लाइ हटाउन आफै लाग्दैन , किन कि कोच ले रणनीति पो बनाउछ , खेलाडी को कमजोरी पो औलाई दिन्छ बोकेर आफै ले खेलाउने त हैन नि | अफ्नो कमजोरी हटाउने , आफु लाइ सहि स्वरुप मा राक्ने जिम्मेबारी व्यवसायिक खेलाडी को हैन त ?????