हिजो फ्रेन्ड्स क्लब र मध्यपुर बीच भएको खेल मा धेरै पछि रंगशाला मा
एउटा अनौठो र रमणीय माहोल देख्न पाइयो | मध्यपुर को १५००-२००० समर्थक को जवाफ मा
फ्रेन्ड्स क्लब को पानी स्थानीय १००० जति विद्यार्थी को समुह ले फ्रेन्ड्स लाइ
समर्थन गर्दे थीए | यो एकदम राम्रो सुरुआत हो , यो फूटबल दर्सक सस्कृति एक हिसाब
ले हाराई सकेको अवस्था मा छ अहिले | ए दिबिजन को खेल वा अन्य राम्रो खेल हरु मा
समेत ५००-६०० दर्सक पाउन मुस्किल को अवस्था छ येस्तो अवस्था मा भएको फूटबल लाइ
कसरी नेपाल को सब भन्दा लोकप्रिय खेल भन्ने , हिजो को सुरुआत मानेर अब चाही केहि
गर्न सकेनौ भने फूटबल सस्कृति हराएर नै जाने खतरा छ |मध्यपुर लाइ समर्थन गर्न
मद्यापुर देखि १५०० मान्छे आउछ भने , एन आर ती , आर सि ती , संकटा , थ्री स्टार
लाइ समर्थन गर्न किन मान्छे औदैनन त , एसको लागि एन्फा र क्लब मिलेर अहिले नै केहि
गर्न नसके फूटबल मा एती धेरै लगानी गरेको बालुवा मा पानी राखेको सहर हुनेछ |
यसको निरन्तरता र बढावा दिन एन्फा र क्लब ले केहि कदम चल्नु पर्न
हुन्छ |
फोटो सौजन्य : गोलनेपाल.कम
- टिकट दर सस्तो पर्ने , आहिले को अवस्था मा टिकट दर १०० रुपैया भन्दा थोरै छैन बरु ५० रुपैया गरौ न धेरै आउछन्, विद्यार्थी लाइ २५ रुपैया गरौ , खाली राक्नु भन्दा मान्छे आएर समर्थन गरेर अलिक पैसा कमाउनु राम्रो हो नि, फेरी बिधार्थी हरु नै हुन् जसको बडी फुर्सद हुने र पछि फूटबल लाइ अगाडी बढाउने बर्ग भनेको नै विद्यार्थी हुन् , बरु हरेक खेल मा ८-१० बिद्यालय हरु लाइ बोलाउने हरेक खेल मा कम्ति मा २०००,३००० विद्यार्थी भए भोलि उही विद्यार्थी ले अफ्नो आमा बुवा दाइ दिदि हरु संग आउने बातावरण बन्छ नि , जब खाली रंगशाला छ भने मान्छे भरेर खेलाडी को मनोबल बढाउने र पछि को भविस्य को लागि केहि आहिले गर्न को लागि एन्फा को खास लगानी नि पर्दैन ,
- अहिले को अवस्था मा मान्छे एकदम ब्यस्त भई सकेको अवस्था छ , प्राय मान्छे लाइ खेल को बारे मा जानकारी नै हुन्न ,एन्फा ले राम्रो तरिका ले खेल हरु को लागि राम्रो बिज्ञापन गर्न सकिन्छ नि , अहिले facebook, twitter लगायत वेब तिर बाहेक विभिन्न टिवी रेडियो संग समन्वय गरि बिज्ञापन गर्ने , बिभिन्न कन्टेस्ट आयोजना गर्ने जसले गर्दा खेल प्रति मान्छे को लगाव भै राक्छ, राम्रो संग समन्वयन गर्न सकियो भने बिज्ञापन को लागि खासै पैसा लगानी गर्नु नि पर्दैन
- एन्फा ले क्लब हरु संग समन्वयन गरि स्थानीय संग सस्था हरु को लागि सीजनल टिकट को ब्यबस्ता गर्ने
- क्लब ले स्थानीय रुप मा प्रचार गर्ने र सके सम्म दर्सक रंगशाला आउने बातावरण बनाउने, क्लब हरु वोर्ल्ड कप , euro कप चाही ठुलो पर्दा मा देखाउने टोल भरि मान्छे जम्मा गरेर अफ्नो खेल हुदा चाहि खोइ केहि चहलपल नै हुन्न ,येस्तो अवस्था मा कसरि क्लब हरु को स्थानीय बीच चिनाउने त
एन्फा ले बिना लगानी फूटबल लाइ अगाडी बढाउने धेरै अवसर छ र एसको लागि एउटा प्रयास मात्र खाचो छ
क्लब हरु को नि धेरै भर पर्ने कुरा हो किन कि
क्लब हरु ले त्यति लगानी गरि राखेको छ खोइ त उनि हरु को प्रतिफल जब सम्म उनि हरु
व्यवसायिक हुन्न तब सम्मन प्रतिफल आउन गारो हुन्छ | त्यसैले सके सम्म दर्सक लाइ आकर्सित गर्ने योजना बनाउनु पर्छ जसले गर्दा क्लब को दर्सक बढ्नु को
साथै क्लब को आर्थिक स्थिति मा नि टेवा पुग्न मद्दत गर्छ |
नेपाली फूटबल लाइ पुरानै अवस्था को क्रजे फर्काउन
र फूटबल को स्तर लाइ बढौंन यो अन्त्यन्त जरुरि छ नत्र खेलाडी ले जति सुकै पैसा पाए
पनि खेल को स्तर जहाँ को त्यही हुन्छ र क्लब धरायसी हुनेछ र फूटबल आहिले को अवस्था
भन्दा तल आउने सम्भावना प्रबल छ |

No comments:
Post a Comment