आज जुन किसिम ले नेपाली राष्ट्रिय टोली को
घोषणा भयो मलाई एक किसिम ले खुशी नि लागेको छ
अनिल ओझा , सुजल श्रेष्ठ , जगजित श्रेष्ठ
को टीम मा फर्कनु एउटा सुखद संकेत हो त्यस्तै गरि विकेश कुटु र रुपेश श्रेष्ठ को
आगमन ले एकदम उत्शाहित परेको छ | जुन किसिम ले नेपाल ले नेहरु कप मा अन्तिम समय मा
खेल्ने मौका पायो एकदम एउटा नेपाली फूटबल को लागी अवसर हो | एकदम छोटो समय बीच कोच
हरु को मेहेनत ले राम्रो टीम त छानियो तर के यो नेपाल मा अहिले उपलब्ध भएको खेलाडी
हरु को उत्कृस्ट टोली हो त???
खेलाडी छनौट मा मलाई केही चित्त नबुजेको कुरा
बारे मा चर्चा गर्न चहान्छु |
सर्वप्रथम गोलकिपर को हेरौ न किरण र रितेश त
निर्विकल्प भै हाल्यो | बिकाश को अनुपस्थिति मा विकेश ले मौका पाउनु राम्रो कुरा
हो एउटा युवा लाइ मौका दिने | किरण र रितेश को उपस्तिथी मा सायद विकेश ले मौका
नपाउला खेल्न | त्यस्तो हो भने बिरेन्द्र
चन्द जो उ-१७ को गोलकिपर हुन् सायद उसलाई
मौका दिएको भए रितेश र किरण बीच रहेर केहि सिक्ने मौका पाउथे होलान जसले पछी को
अन्तराट्रिय प्रतियोगिता मा उसको आत्मविश्वास धेरै नै बढ्ने थियो | अस्ति अन्डर
-२२ मै हेरौ न बिशाल श्रेष्ठ को प्रदर्सन , उसको प्रदर्सन एकदम बिर्सन लायक नै
थियो ,तर बिशाल त्यो भन्दा धेरै राम्रो खेलाडी हो उस मा आत्मविश्वास को एकदम कमी
देखिन्थ्यो | यदी बिशाल लाइ साफ र ए फ सि कप मा बिकाश को ठाउँ मा राखेको भए उसले खेल हेर्ने सिक्ने र आत्मविश्वास
प्राप्त गर्न सक्थ्यो जस्तो लाग्छ , जसको कमी हामी ले अन्डर-२२ मा मज्जा ले देखियो
|
डिफेन्स मा सागर, सन्दिप , रोहित, बिराज ,
सबिन्द्र , बिकाश सिंह जम्मा ६ जना को चयन मलाई सब भन्दा अचम्म लागेको क्षेत्र
येही हो | हामी पक्कै नि कम्ति मा ४ जना त
डिफेन्स खेल्छौ होला | अझ रबिन श्रेष्ठ को अनुपस्तिथिमा डिफेन्स अलिक कम्जोर भएको
छ | क्यामरुन, सिरिया ,भारत जस्तो देश संग खेल्दा कुनै नि समय मा ५ जना नि डिफेन्स
खेल्न पर्ने हुन सक्छ | यदि कुनै समय मा कुनै खेलाडी घाइते , रेड कार्ड वा
परिवर्तन गर्न परे त्यो बेला के गर्ने , बरु एकजना फरवार्ड थोरै राखेर एकजना
डिफेन्स बढाएको भए टीम सन्तुलित हुन्थ्यो |
मध्य पंति मा जुन टीम छ त्यो नेपाल मा उपलब्ध
टीम मध्ये सर्वश्रेष्ठ हो , जगजित, विजय गुरुङ , अनिल ओझा को आगमन ले पक्कै पनि
टीम रणनीति बनाउन र आक्रमण को जालो बनाउन मद्दत गर्ने छ |
फोर्वार्ड मा मैले डिफेन्स को कुरा गर्दा नि
भनेको थिएँ एकजना बडी भयो कि भनेर बरु १ जना थोरै फोर्वार्ड राखेर डिफेन्स थपौ
भनेर | भरत निर्विकल्प भै हाल्यो, भरत को साथ सुजल श्रेष्ठ को जोडी राम्रो थियो | ३
अनुभवी फोर्वार्ड अनिल , जुमानु र सन्तोष को ठाउ मा २ जना मात्र राखे नि खास फरक
पर्दैन थियो ,भरत र सुजल को उपस्थिति ले गर्दा |
कृष्ण थापा ले केहि परिवर्तन त गर्नु भएको छ तर
परिवर्तन नै गर्ने हो भने किन अलिक मात्र गर्ने जति सक्छ उति गर्ने हो नि हैन र ??
No comments:
Post a Comment